५ श्रावण २०८३, मंगलबार | July 22, 2026

२४ वर्षपछि बलिउड मुभिमा देखिदैँ दक्षिण भारतका सुपरस्टार रजनीकान्त



मुम्बइ । सुपरस्टार रजनीकान्तको फ्यान फलोइङ सधैं उच्च रहेको छ । दक्षिण भारतदेखि उत्तर भारतसम्म लाखौं फ्यानहरू उनको अभिनय र फिल्मका लागि पागल हुने गरेका छन ।

साउथ मुभि बाहेक रजनीकान्तले बलिउड फिल्ममा पनि काम गरिसकेका छन्, जहाँ पनि दर्शकको माया पाएका छन् । तर, दिग्गज सुपरस्टार २४ वर्षदेखि बलिउड फिल्मबाट टाढा रहेका थिए तर अब रजनीकान्तले आफ्नो २४ वर्षको निर्वासन अन्त्य गर्ने निर्णय गरेका छन् । उनी फेरि बलिउड फिल्ममा कमब्याक गर्न तयार देखिएका छन ।

रजनीकान्तले चर्चित बलिउड निर्माता-निर्देशक साजिद नाडियाडवालासँग सहकार्य गर्ने पक्का भएको छ । साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले आफ्नो एक्स अकाउन्टमा रजनीकान्तसँगको तस्बिर सेयर गर्दै लेखेका छन्,  ‘महान रजनीकान्त सरसँग सहकार्य गर्न पाउनु साँचो सम्मान हो, हामी सँगै यो अविस्मरणीय यात्रामा लाग्ने तयारी गर्दैछौं ।’

सलमान खानको फिल्म किकलाई साजिद नाडियाडवालाले निर्देशन गरेका हुन् । पछिल्लो पटक उनले वरुण धवनको फिल्म ‘बावल’ निर्माण गरेका थिए ।

रजनीकान्तको कुरा गर्दा बलिउडमा उनको अन्तिम फिल्म ‘बुलन्दी’ थियो । यो फिल्म सन् २००० मा सिनेमाघरमा रिलिज भएको थियो । यो फिल्म ‘बुलन्दी’ मा रजनीकान्तसँगै अनिल कपूर, रविना टण्डन र रेखा मुख्य भूमिकामा थिए ।

उनी पछिल्लो पटक फिल्म लाल सलाममा देखिएका थिए । तर, उनको फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन । लाल सलामलाई ऐश्वर्या रजनीकान्तले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ५३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं