१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा असहमति जनाउँदै जनार्दन शर्माको फरक मत



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो ।

माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ ।

गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य बीना मगरलाई तोकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले प्रवास प्रदेश समिति (मध्यपूर्व) इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक, युरोप–अमेरिका इन्चार्जमा सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदीलाई तोकेको छ । केही प्रदेशको सहइन्चार्ज तोक्न बाँकी रहेको उनले बताए ।

बैठकले सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्नो निर्वाचित जिम्मेवारीअनुसार कार्यरत रहने निर्णय गरेको छ ।

आगामी चैत १ गतेदेखि हुलाकी राजमार्गलाई केन्द्रित गरेर संचालन गर्न लागेको मधेश अभियान १५ दिन पछि सारेको छ ।सो अभियान १५ दिन पछि सारेको माओवादी सचिव दीनानाथ शर्माले जानकारी दिएका छन् । बैठकले हिमाल पहाड मधेश केन्द्रित अर्को अभियान बैशाखमा संचालन गर्ने भएको छ ।

बैठकमा उपमहासचिव जनार्दन शर्माले कार्यविभाजनप्रति असन्तुष्टी जनाउँदै फरक मत राखेका छन् । विधान अधिवेशनमा आफुले सबै नेताहरु निर्वाचित भएर आउनुपर्ने धारणा राखेकै आधारमा आफु लगायत अन्य वरिष्ठ नेताहरुको समेत जिम्मेवारीविहीन बनाइएको शर्माले आरोप लगाएका छन् ।

मंगलबार बसेको बैठकमा सांसद समेत रहेका नेताहरुलाई संसदीय गतिविधिमै सक्रिय रहनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अन्य नेताहरुलाई प्रदेशको इन्चार्ज दिने प्रस्ताव गरेका थिए । सो प्रस्तावलाई बैठकले स्वीकार गरेको थियो ।

स्थायी समितिको अर्को बैठक फागुन २८ गते बस्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : ४९ बजे

बेलहियामा गोदाम बनाएर रुपन्देहीमा लागु औषध सप्लाई गर्ने महिला पक्राउ

बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको भैरहवामा लागु औषध सप्लाई गर्ने

कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति

पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फकिँदै गरेकी युवतीको निधन

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको