७ चैत्र २०८२, शनिबार | March 21, 2026

गणपति मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगीकुटीमा



बुटवल । बुटवलमा गणपति मिष्ठान्न भण्डारको ब्रान्ड बनाएको चेन विजनेश कम्पनीका ६ जना सञ्चालकहरुको लगानीमा सातौ शाखा बुटवलको योगीकुटीमा शुभारम्भ हुने भएको छ ।

योगीकुटी शाखाको बुधबार एक कार्यक्रमका बिच बुटवल उपमहानरापलिका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नेछन् । १ करोड ५० लाख रुपैयाँमा लगानीमा ६ जना व्यवसायीहरु नारायण केसी, मेघराज पन्थ, किरण थापा, डम्बर कुँवर, चुम बहादुर खत्री, माया ज्ञवालीको लगानीमा अहिले बुटवलको ट्राफिकचोक, मिलनचोक र देवीनगर तिलोत्तमाको मणिग्राम र ड्राइभरटोल र त्यस्तै सैनामैनाको मुर्गीयामा शाखा संचालन भएका छन् ।

बुटवलमा आज भन्दा २१ वर्ष पहिला स्थापना भएको गणपति मिष्ठान्न भण्डारको मिठाईमा ब्रान्डको रुपमा स्थापना भएको छ । यि शाखाबाट दैनिक १ सय ५० किलो ६० प्रकारका मिठाई बिक्रि हुदै आएका छन् । जसको मुख्य फैक्ट्री ड्राईभर टोलमा स्थापना गरिएको अध्यक्ष नारायण केसीले जानकारी दिए ।

योगीकुटी शाखामा गणपतिको मिष्ठान्न सहित चिया घर समेत शुभारम्भ हुने छ । योगीकुटीमा किचनमा ७ जना, बाहिर १० जना गरी कुल १७ जना र सबै शाखामा रहेर कुल १ सय २० जना कर्मचारीले रोजगारी पाएका छन् ।

योगीकुटी शाखाको शुभारम्भको अवसरमा ३ दिन १७, १८, १९ गते विशेष छुटको समेत व्यवस्था गरिएको सञ्चालकले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ५५ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको