५ श्रावण २०८३, मंगलबार | July 21, 2026

पुष्पा-२ काे एक फाइट सिनका लागि गरियाे ५० करोड खर्च



हैदाराबाद । अल्लु अर्जुनको पुष्पाः २ उर्फ ​​पुष्पाः द रुल बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो । जहाँ सबैले यो फिल्मको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् र यसको हरेक अपडेटमा नजिकबाट नजर राखिरहेका छन् ।

यसैबीच निर्माण पक्षले चलचित्र ‘गंगामथल्ली जठारा’ को विशेष दृश्यको छायांकन ठूलो परिमाणमा सम्पन्न गरेको खबर आएको छ । यो एक दृश्यमा ठूलो रकम खर्च गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो एउटा गीतको सिलसिला हो जसमा झगडा र भावनात्मक तत्व पनि रहेका छन् । यो ३० मिनेट लामो सिक्वेन्स बनाउन ३५ दिन लागेको थियो र यो विशेष दृश्यका लागि निर्माताले ५० करोड रुपैयाँ खर्च गरेका छन्, जुन सामान्य फिल्म बनाउन पर्याप्त रकम हो ।

सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ सुकुमारले लेखेका र निर्देशन गरेका हुन् । कुनै पनि प्रमोशन बिना नै यो फिल्म ब्लकबस्टर साबित भएर बक्स अफिसमा राज गर्न सफल भएको थियो । त्यो बेला २०० करोडको लागतमा बनेको फिल्मको पहिलो भागले प्रचार नगरी ३७० करोडभन्दा बढी कलेक्सन गरेको थियो । यो फिल्म सुपरहिट भयो र यसको संवाद, कथा र नृत्यको निकै प्रशंसा भयो ।

अब निर्माताहरूले यसको दोस्रो भाग ठूलो मात्रामा बनाउँदैछन् जुन ५०० करोडको लागतमा बनिरहेको जनाइएको छ । र, हाल ‘पुष्पा २’ को छायांकन अन्तिम चरणमा रहेको छ भने आगामी  १५ अगस्तमा हलमा रिलिज हुँदैछ ।

गत वर्ष अल्लु अर्जुनले पुष्पा २ को आफ्नो फर्स्ट लुक पोस्टर सेयर गरेका थिए, जसमा उनले सारी लगाएका थिए र उनको अनुहार निलो र रातो रंगमा रंगिएको थियो । पछि फिल्मको फहद फासिलको लुक पोस्टर पनि रिलिज भयो । फ्यानहरू अहिले रश्मिका मन्डन्नाको लुक पोस्टरको प्रतिक्षामा छन् ।

भर्खरै रश्मिका मन्डन्नाले पनि पुष्पा २ लाई टिज गर्दै फिल्म पहिले भन्दा ठूलो बन्ने बताएकी थिइन् । अभिनेत्रीले पुष्पा २ को बारेमा पिंकपिलालाई भनिन्, ‘म तिमीलाई वाचा गर्न सक्छु कि पुष्पाः २ धेरै ठूलो हुनेछ । हामीले पहिलो फिल्ममा पागल केही गर्यौं तर भाग २ मा हामीलाई थाहा छ, हामीसँग जिम्मेवारी छ किनभने मानिसहरूले फिल्मबाट धेरै आशा राखेका छन् । यसका लागि हामी निरन्तर र सचेत भएर प्रयासरत छौं । मैले भर्खरै पुष्प २ को लागि एउटा गीत छायांकन गरेँ र तर मैले उनीहरुलाइ भनें,  ‘कसरी सोच्दै हुनुहुन्छ साथीहरू ?’ सबैलाई राम्रो फिल्म बनाउने प्रेरणा मिलेको छ ।’

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : ४० बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत