१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘पुष्पा-२ : द रुल’ आजबाट रिलिज



काठमाडौं । चलचित्र ‘पुष्पा-२ : द रुल’ आजबाट रिलिज भएको छ । वर्षकै प्रतिक्षित चलचित्र आजबाट रिलिज भएको हो ।

नेपालमा यो चलचित्रले ठूलो संख्यामा शो पाएको छ । ‘पुष्पा-२ : द रुल’ले देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स लगायत अधिकांश हलका अधिकांश शो पाएको छ । बिहान ४ बजेलेखि राति १२ बजेसम्म शो निकालेर हलले ‘पुष्पा-२’ को टिकट बिक्री गरिरहेका छन् ।

पहिलो दिनका धेरै शो हाउसफूल भएका छन् । यो चलचित्रले ठूलो परिमाणमा बक्सअफिस कलेक्सन गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, यो चलचित्र हाललाई टु-डी मात्रै रिलिज भएको छ । थ्रि-डी रिलिज हुने भनेर टिकट बिक्री गरे पनि इन्डियाबाट टु-डी फाइल मात्रै आएपछि हलले थ्रि-डी रिलिज गर्न नसकेका हुन् ।

थ्रि-डी रिलिज नहुने भएपछि हलले दर्शकसँग थ्रि-डी रिलिजका लागि भनेर उठाएको अतिरिक्त रकम फिर्ता गर्नुपर्ने भएको छ ।

क्यूएफएक्सले थ्रि-डी रिलिज गर्न नसकेको भन्दै पैसा फिर्ता लिन सिनेमा घरको बक्सअफिस काउन्टरमा आउन सूचना जारी गरेको छ ।

चलचित्र ‘पुष्पा-२’ मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् । चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ७ : ४० बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको