१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

अल्लु अर्जुनको ‘पुष्पा २ : द रुल’ को टिजर सार्वजनिक हुदैँ



काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनले सन् २०२१ मा रिलिज भएको फिल्म पुष्पः द राइजमा उत्कृष्ट अभिनय गरेका थिए । उनको कामलाई दर्शकले निकै मन पराएका थिए र फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो ।

अब अल्लु अर्जुनले यस फिल्मको दोस्रो भागको दोस्रो टिजर सार्वजनिक हुने भएको छ । अभिनेताले आफ्नो जन्मदिनको अवसरमा फिल्म ‘पुष्पा २ः द रुल’ को टिजर रिलिज गर्ने जानकारी उनले इन्स्टाग्राम मार्फत फ्यानहरुलाई दिइसकेका छन ।

अल्लु अर्जुनले यही अप्रिल ८ मा आफ्नो ४२ औं जन्मदिन मनाउँदै छन् । उनका सबै फ्यानहरु उनको जन्मदिनको प्रतिक्षामा छन् किनभने यही दिन ‘ पुष्पा २ः द रुल’ को टिजर रिलिज हुँदैछ । आउनुहोस् हामी तपाईलाई बताउँछौं कि यो कहिले आउँछ र पहिलो टिजर कहिले रिलिज हुन्छ।

अल्लु अर्जुनले फिल्म ‘पुष्पा २ः द रुल’को अर्को पोस्टर सेयर गरेका थिए । यो पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘पुष्पा २ः द रुल’को टिजर सोमवार बिहान ११.०७ बजे। अर्थात ८ अप्रिलमा आउनेछ । सोसँगै यो दिन अल्लु अर्जुनले आफ्नो ४२ औं जन्मदिन मनाउने छन् ।

यो पोस्टरमा अल्लु अर्जुन आफ्नो ‘पुष्पा’ स्टाइलमा बसेका छन् । उनको हातमा बञ्चरो छ र केही मानिस उनको पछाडि उभिरहेका छन् ।  ‘पुष्पा’ जसमा बसेको छ, त्यो सिंहासन जस्तो देखिन्छ । गत वर्ष अल्लु अर्जुनको जन्मदिनमा फिल्मको पहिलो टिजर रिलिज भएको थियो ।

यो टिजर हेरेर फ्यानमा फिल्म छिट्टै रिलिज हुनेमा फरक उत्साह पैदा भएको छ । त्यसपछि मात्रै फिल्मको रिलिज मिति सार्वजनिक भएको हो । फिल्म पुष्पाको पहिलो टिजरमा पुष्पा २ को झलक देखाइएको थियो, जुन दर्शकको मन जित्न निकै सफल भएको थियो । चलचित्र ‘पुष्पा २ः द रुल’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदैछ । फिल्मको अल्लु अर्जुन अर्थात् पुष्पा र रश्मिका मन्डन्ना अर्थात् श्रीवल्लीको फर्स्ट लुक सेयर गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ९ : ४४ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको