१९ असार २०८३, शुक्रबार | July 3, 2026

विश्वकप छनोटका लागि ३३ जनाको प्रारम्भिक टोलीको छनौट



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बहराइनविरुद्ध हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि ३३ खेलाडीलाई प्रारम्भिक टोली छनौट गरेको छ ।नेपालले मार्च २१ र २७ मा बहराइनसँग खेल्नेछ ।

नेपालले विश्वकप छनौटमा समुह एचमा रहेको छ । जसमा युएई, लाओस र बहराइन रहेका छन् । नेपालले यसअघि दुई खेल खेलेकोमा दुवै खेलमा हार बेहोरेको छ । नेपालले लाओससँग १-० गोलको र युएईसँग ४-० को हार बेहोरेको थियो ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार दुई खेलका लागि आफ्नो टोली घोषणा गरेका छन् ।

गोलकिपर : अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ ।

डिफेन्डर : अजय चौधरी, अनन्त तामाङ, अन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ ।

मिडफिल्डर : अरिक विष्ट, विशाल तामाङ, कृतिश रत्न छिन्जु, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जेउ ठकुरी र उत्सव राई ।

फरवार्ड : अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ र सञ्जीव विष्ट ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ५९ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२