११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

नेपालगन्ज सेन्ट जेभियर्स र कैलालीको गुरुकुल स्कुलबीच मैत्रीपुर्ण खेल हुँदै



नेपालगन्ज । बाँकेको नेपालगन्ज सेन्ट जेभियस स्कुल र कैलालीको गुरुकुल इङलिस मिडियम स्कुलबीच शनिबार मैत्रीपुर्ण खेल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा डुडुवा गाउँपालिकाको कम्दीमा हुन लागेको मैत्री पुर्ण खेल नवदुर्गा खेल मैदानमा हुनेछ ।

नेपालगन्ज सेन्ट जेभियर्स स्कुल बाँके जिल्ला फुटबल संघले गत महिना आयोजना गरेको मेयर कप अन्तर विद्यालय छात्र फुटबल तर्फ बाँकेको च्याम्प्यिन टिम हो । कैलालीको गुरुकुल पनि मेयर कप फुटबलको पुर्व विजेता टोली हो ।

जुनियर स्तरका खेलाडीलाई अवसर र क्षमता अभिवद्धि गर्ने उद्देश्यले दुई जिल्लाका च्याम्पियन स्कुलबीच मैत्रीपुर्ण फुटबल आयोजना गर्न लागेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

उनले भने,‘हामीले दुई वर्ष पछि बाँकेमा मेयर कप फुटबल गरेको थियौं । प्रतियोगिता निकै भव्य रुपमा सम्पन्न भयो । विद्यालयस्तरबाटै हो नयाँ प्रतिभावान खेलाडी उत्पादन हुने । मेयर कप फुटबल विजेतालाई थप अवसर प्रदान गर्नको लागि हामीले मैत्रीपुर्ण फुटबल गर्ने निर्णय गरेका हौं । यसमा सबैका साथ र सहयोगको अपेक्षा गरेका छौं ।’

दिउँसो १ बजे हुने भनिएको मैत्रीपुर्ण फुटबलको स्थानीय व्यवस्थापन डुडुवाको नवदुर्गा क्लबले गरेको छ ।

मैत्रीपुर्ण फुटबलले बाँके जिल्लाका खेलाडीहरुलाई नयाँ अवसर प्रदान गर्ने बाँके जिल्ला फुटबल संघका सदस्य तथा मैत्रीपुर्ण खेलको संयोजक दिपेन्द्र घलेले बताए । उनले भने,‘मैत्रीपुर्ण खेलको सम्पुर्ण तयारी पुरा भएको छ । हामीले लामो समय पछि बाहिर जिल्लासँग मैत्रीपूर्ण फुटबल खेलिरहेका छौं । यसले बाँके जिल्लामा फुटबलको लोकप्रियतालाई बढाउन पनि सहयोग गर्नेछ ।’

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ९ : २२ बजे

विपिन जोशीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गर्ने

काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १०

एमालेको प्रमुख सचेतकमा ऐन महर नियुक्त

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा आफ्नो प्रमुख सचेतकको जिम्मेवारी ऐन

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया

सुकुम्बासीलाई बलपूर्वक हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले बागमती नदी किनारका सुकुम्बासी बस्तीहरू बलपूर्वक

नदी किनाराका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको सूचना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनाराका सार्वजनिक, सरकारी