१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

महायज्ञमा सहभागी हुन बागलुङको पञ्चकोट पुगे प्रधानमन्त्री प्रचण्ड



बागलुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन बागलुङको पञ्चकोट आएका छन् ।

बागलुङ नगरपालिका–६ पञ्चकोटमा प्रधानमन्त्रीलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका छन् ।

प्रधानमन्त्रीले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यसँग भेट गर्नाका साथै गण्डकीमाताको मन्दिर, हनुमान्बाटिकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमान्को मूर्ति र यज्ञमण्डपको अवलोकन गर्ने कार्यक्रम छ ।

पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञबाट जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य छ । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तब्यका रुपमा विकास गरिने आयोजकले बताएका छन् ।

यही फागुन ९ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ । पञ्चकोटमा रु ५० करोड बराबरको लगानीमा धार्मिक संरचना निर्माण भएका छन् । सञ्चालित ब्रह्माण्डीय महायज्ञबाट सङ्कलन भएको रकमबाट निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिइनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १२ : १९ बजे

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ