१६ असार २०८३, मंगलबार | June 30, 2026

कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु



उदयपुर । उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज ८३३३ नंको जिप दुर्घटनामा परेर कटारी नपा-८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।

वडाध्यक्ष नवीन तामाङका अनुसार कटारी-७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको पनि मृत्यु भएको छ । घटनामा गम्भीर घाइते लालकुमारीको कटारी अस्पतालमा उपचार सम्भव नभई थप उपचारका लागि विराटनगर पठाइएको थियो । लालकुमारीको विराटनगरस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास राईले बताउनुभयो । जिप चालक कटारी-८ का ३३ वर्षीय थर्मसिंह तामाङ प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

राईका अनुसार शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको जिप कटारी-७ मर्जेतपुरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १३ जना घाइते भएका थिए । घाइतेमध्ये अहिले आठजनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य घाइते रहेको वडाध्यक्ष तामाङले जानकारी दिए । अनियन्त्रित भई जिप सडकभन्दा सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १ : १० बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज