५ बैशाख २०८३, शनिबार | April 19, 2026

सियारीमा फिजियो थेरापी सेवा सुरु, स्थानीयलाई सहज



भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो ।

सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ ।

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिजियो थेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा शुरु गरिएको बताए ।

अध्यक्ष घिमिरेका अनुसार सियारीले फिजियो थरापि गरेबाट बढीमा १ सय ५० देखि दुईसय सम्म हुन सक्ने गरी शुल्क निर्धारण गर्ने तयारी गरेको छ ।

पालिकाले सियारी ४ छपिया बजार स्थित नेपाल रेडक्रशको भवनबाट सेवा सुरु गरेको हो । गाउँपालिका अध्यक्ष घिमिरेले सियारीवासीलाई स्वास्थ्य क्षेत्रमा आबश्यक अन्य सेवा पनि निरन्तर रुपमा प्रदान गर्दै जाने बताए ।

आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार भएसँगै सियारी सहित मायादेवि, सुद्धोेधन गाउँपालिकाका नागरिकले लाभ लिन पाउने पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहाुर घर्तिले जानकारी दिए ।

प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ लगाएत रोगका बिरामीले सियारीमा सुरु गरिएको थेरापीबाट सेवा लिन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।

पालिका भित्रै थेरापी सुरु भएपछि निकै सहज भएको स्थानिय सेवाग्रहीले उल्लेख गरेका छन् । सियारी ४ का बुद्धिप्रसाद पोखरेल तथा सावित्रि पोखरेलले गाउँमै सेवाआएपछि आफुहरुलाई निकै सहज भएको बताए ।

गाउँपालिकाले थेरापी सेवा लिनका लागि अत्यन्तै न्युन शुल्क तय गर्ने जनाएको छ । सियारीले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको सहजताका लागि घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने बिरामीहरुलाई निशुल्क रुपमा रगतको व्यवस्थापन समेत गर्दै आएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : ५९ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको