२ पुस २०८२, बुधबार | December 18, 2025

मिसन ८३ नआई मिसन ८४ आउँदैन : सूर्य थापा



काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य संघीय सांसद एबं गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले मिसन ८३ नआई ‘मिसन- ८४’ नआउने बताएका छन् । शनिबार काठमाडौंको नक्शालस्थित लिसरा रिसेप्सनमा गुल्मी-काठमाडौ सम्पर्क मंचको १२ औँ सम्मेलनमा अतिथीको रूपमा उपस्थित भएका थापाले सो कुरा बताएका हुन् ।

सबैले आगामी ८४ सालमा संघीय र प्रदेश निर्वाचनलाई मात्र ध्यानमा राखेर मिसन-८४ का कुरा गरिरहदा थापाले ८३ सालमा स्थानीय निकायको चुनाव हुने र स्थानीय निकायमा जीत हातपार्न नसके मिसन-८४ सफल हुन नसक्ने बताएका छन् ।

सम्मेलनमा अतिथीका रूपमा उपस्थित भएका एमाले गुल्मी अध्यक्ष बाल सिंह काउछा र लुम्बिनी प्रदेश सम्पर्क कमिटी अध्यक्ष श्रीप्रसाद पाण्डेले अब बन्ने सम्पर्क मंचको नेतृत्व नेताको धुरी नहाली काम गर्नेबाट बन्नुपर्ने आबश्यकता औँलाउदै नेताको नजिक हुने र पद लिने नगर्न आग्रह गरेको कुरालाई रमाईलो पारामा थापाले नेताको नजिक हुनुस् तर हार्दिकताकासाथ हुनुस् भनि प्रस्ट्याए ।

आफ्नो कुरालाई थप प्रष्ट पार्दै थापाले भने – ‘तपाईहरू चन्द्र भण्डारीको नजिक नहुनुस् प्रदीप ज्ञवालीको नजिक हुनुस् , तपाईहरू रामकुमारीको नजिक नहुनुस गोकर्ण बिष्टको नजिक हुनुस् ।’

थापाले नेकपा एमाले जस्तो ठुलो पार्टीको सचिवालयमा ४ जना गुल्मी जिल्लाका हुनुमा आम गुल्मीबासी त्यसमाथी एमाले निकटले गर्व गर्नुपर्ने भन्दै थापाले उपस्थित नेता तथा कार्यकर्तालाई उत्साहित समेत बनाए ।

उनले आफु गुल्मीको ईन्चार्ज भएपछि गुल्मीका १२ वटै पालिका घुमेको र कहिकतै त्यस्तो असामान्य अबस्था नरहेको बताउदै गुल्मीमा मिसन ८३ र ‘मिसन-८४’ सफल पार्न नेता तथा कार्यकर्तामा एकता , गतिशिलता , बिशिष्टता र हार्दिकता भए पुग्ने बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : ५३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल