१९ माघ २०८२, सोमबार | February 2, 2026

मिसन ८३ नआई मिसन ८४ आउँदैन : सूर्य थापा



काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य संघीय सांसद एबं गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले मिसन ८३ नआई ‘मिसन- ८४’ नआउने बताएका छन् । शनिबार काठमाडौंको नक्शालस्थित लिसरा रिसेप्सनमा गुल्मी-काठमाडौ सम्पर्क मंचको १२ औँ सम्मेलनमा अतिथीको रूपमा उपस्थित भएका थापाले सो कुरा बताएका हुन् ।

सबैले आगामी ८४ सालमा संघीय र प्रदेश निर्वाचनलाई मात्र ध्यानमा राखेर मिसन-८४ का कुरा गरिरहदा थापाले ८३ सालमा स्थानीय निकायको चुनाव हुने र स्थानीय निकायमा जीत हातपार्न नसके मिसन-८४ सफल हुन नसक्ने बताएका छन् ।

सम्मेलनमा अतिथीका रूपमा उपस्थित भएका एमाले गुल्मी अध्यक्ष बाल सिंह काउछा र लुम्बिनी प्रदेश सम्पर्क कमिटी अध्यक्ष श्रीप्रसाद पाण्डेले अब बन्ने सम्पर्क मंचको नेतृत्व नेताको धुरी नहाली काम गर्नेबाट बन्नुपर्ने आबश्यकता औँलाउदै नेताको नजिक हुने र पद लिने नगर्न आग्रह गरेको कुरालाई रमाईलो पारामा थापाले नेताको नजिक हुनुस् तर हार्दिकताकासाथ हुनुस् भनि प्रस्ट्याए ।

आफ्नो कुरालाई थप प्रष्ट पार्दै थापाले भने – ‘तपाईहरू चन्द्र भण्डारीको नजिक नहुनुस् प्रदीप ज्ञवालीको नजिक हुनुस् , तपाईहरू रामकुमारीको नजिक नहुनुस गोकर्ण बिष्टको नजिक हुनुस् ।’

थापाले नेकपा एमाले जस्तो ठुलो पार्टीको सचिवालयमा ४ जना गुल्मी जिल्लाका हुनुमा आम गुल्मीबासी त्यसमाथी एमाले निकटले गर्व गर्नुपर्ने भन्दै थापाले उपस्थित नेता तथा कार्यकर्तालाई उत्साहित समेत बनाए ।

उनले आफु गुल्मीको ईन्चार्ज भएपछि गुल्मीका १२ वटै पालिका घुमेको र कहिकतै त्यस्तो असामान्य अबस्था नरहेको बताउदै गुल्मीमा मिसन ८३ र ‘मिसन-८४’ सफल पार्न नेता तथा कार्यकर्तामा एकता , गतिशिलता , बिशिष्टता र हार्दिकता भए पुग्ने बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : ५३ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका