१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

टीआरसी विधेयकमा सहमति खोज्न देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आज बिहान देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन्। प्रचण्डले एमाले अध्यक्ष ओलीसँग एक घण्टा लामो छलफल गरेपछि कांग्रेस सभापति देउवासँग झण्डै ४० मिनेट छलफल गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् ।

छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने सवालमा टुंगो लाग्न बाँकी रहेको विषयमा साझा सहमति खोजिएको थियो ।

संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयक हाल प्रतिनिधिसभाको कानुन समितिमा छलफलका क्रममा छ । समितिको बैठक आजै बस्दैछ । सोही बैठकमा सहमति जुटाएर संसदको पूर्ण बैठकमा पेश गर्ने वातावरण बनाउन प्रधानमन्त्रीले दुई नेतासँग छलफल गरेका हुन् ।

टीआरसी विधेयकमा एमालेले चार मुख्य विषयमा आफ्नो असहमति रहेको जनाउँदे आएको छ । यद्यपी, एमालेले यो विधेयकलाई आफ्नो बार्गेनिङ प्वाइन्टको रुपमा राखेको भन्दै आलोचना पनि भैरहेको छ । किनकी, टीआरसी विधेयकमा सकेसम्म सबै दलहरुको साझा सहमति आवश्यक मानिएको छ । सहमति नै हुन नसक्ने अवस्थामा भने बहुमतबाट भएपनि टुंगो लगाउनुपर्नेमा सत्तारुढ माओवादी र कांग्रेसका नेताहरुको मत रहेको छ ।

 

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १२ : २८ बजे

जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार

काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार

प्रभु बैंकका ग्राहकले काठमाण्डु मोडेल अस्पतालमा विशेष छुट पाउने

काठमाडौ । काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच

नीति तथा कार्यक्रम : नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

काठमाडौं । सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा

नीति तथा कार्यक्रम : वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने

काठमाडौं । सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा

विश्वकप छनोटको युएईविरुद्ध खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप