काठमाडौं । अस्पताल परिषरमा पुगेर अराजक गतिबिधि गरेको भन्दै युटुबर एवं अभियन्ता पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । चितवनकी किशोरी शालिन पोखरेलको मृत्यु प्रकरणमा गौतम र सफलले त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पोस्टमार्टम रिपोर्ट आएसँगै गौतम र सफल त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि शालिनको आफन्तहरुलाई उत्तैजित बनाउँदै प्रदर्शन गर्न पुगेका थिए । सोही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले शालिनको आफन्तहरुलाई उत्तेजित बनाउने कार्य गर्दै शिक्षण अस्पतालमा पुगेर नाराबाजी गर्दै हुलहुज्जत गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्रा परेका दुबैजनालाई प्रहरीको महाराजगञ्ज बृत्तको हिरासतमा राखिएको छ ।
गौतम र सफलले पोष्टमार्टमको रिपोर्ट पर्खेर बसेको भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेको प्रहरी आरोप छ ।
चितवन रत्ननगरको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालिनको पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको उल्लेख छ ।



















प्रतिक्रिया