३० श्रावण २०८३, शनिबार | August 16, 2026

सकियो ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’



नेपालगन्ज । बाँके जिल्लामा पहिलो पटक संचालन गरिएको चारदिने’एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ आज सम्पन्न भएको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा सञ्चालन भएको ‘डी’ लाइसेन्सको उक्त कोचिङ्ग कोर्ष आज सम्पन्न भएको हो ।

बाँके जिल्ला फुटबल संघको गठन भएको २८ वर्षपछि पहिलो पटक बाँकेको कोहलपुरमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सञ्चालन भएको हो । प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तुलगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीको सहभागीता रहेको थियो ।

चार दिनसम्म कोहलपुरको १३ बिघामा सञ्चालन भएको कोचिङ्ग कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम समापनको अवसरमा प्रशिक्षार्थीलाई प्रमाणपत्र दिइएको छ । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य र जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख कार्कीले तालिमबाट सिकेका कुराहरूलाई अरूलाई पनि सिकाउनु पर्नेमा जोड दिइन् । साथै उनले कोहलपुर खेलकुदको हवका रुपमा विकसित हुँदै गएको बताइन् ।

कोहलपुरका नगर प्रमुख आचार्यले उद्देश्य अनुरुप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताए । उनले यस्ता प्रशिक्षण सञ्चालन गर्नु कोहलपुरको दाईत्व भएको बताए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : २५ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो