२७ बैशाख २०८१, बिहिबार | May 10, 2024

सकियो ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’



नेपालगन्ज । बाँके जिल्लामा पहिलो पटक संचालन गरिएको चारदिने’एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ आज सम्पन्न भएको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा सञ्चालन भएको ‘डी’ लाइसेन्सको उक्त कोचिङ्ग कोर्ष आज सम्पन्न भएको हो ।

बाँके जिल्ला फुटबल संघको गठन भएको २८ वर्षपछि पहिलो पटक बाँकेको कोहलपुरमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सञ्चालन भएको हो । प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तुलगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीको सहभागीता रहेको थियो ।

चार दिनसम्म कोहलपुरको १३ बिघामा सञ्चालन भएको कोचिङ्ग कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम समापनको अवसरमा प्रशिक्षार्थीलाई प्रमाणपत्र दिइएको छ । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य र जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख कार्कीले तालिमबाट सिकेका कुराहरूलाई अरूलाई पनि सिकाउनु पर्नेमा जोड दिइन् । साथै उनले कोहलपुर खेलकुदको हवका रुपमा विकसित हुँदै गएको बताइन् ।

कोहलपुरका नगर प्रमुख आचार्यले उद्देश्य अनुरुप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताए । उनले यस्ता प्रशिक्षण सञ्चालन गर्नु कोहलपुरको दाईत्व भएको बताए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : २५ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको