१७ माघ २०८२, शनिबार | January 31, 2026

अब काममा ढिलाइ हुने छैन : नवनियुक्त उपप्रधानमन्त्री महासेठ



काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताएका छन् ।

सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिए । ढिलासुस्तीका कारण र त्यसको समाधानका लागि भन्दै मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ ।

“विकास निर्माणका सबै काम १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको छु । काममा किन ढिलाइ भयो, यसअघि भएका कमीकमजोरी र यो काम गर्न योजनासहित अब के गर्नुपर्छ भन्नेबारे कार्यदलले अध्ययन गर्नेछ”, उपप्रधानमन्त्री महासेठले भने, “अब काममा ढिलाइ हुने छैन ।”

उपप्रधानमन्त्री महासेठको राजनीतिक यात्रा

उपप्रधानमन्त्री महासेठ नेकपा (एमाले) बाट धनुषा निर्वाचन क्षेत्र नं ४ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय रहेका उनले यसअघि तीन पटक सङ्घीय सरकारमा मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

उपप्रधानमन्त्री महासेठ २०३७ सालमा अनेरास्ववियुको पूर्वाञ्चल क्षेत्रको अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०५४ सालदेखि एमालेको केन्द्रीय कमिटी सदस्य तथा पछि स्थायी कमिटी सदस्य रहे । राजनीतिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १३ महिना जेल जीवन बिताएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : ३१ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक