२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

रूस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ : प्रधानमन्त्री



काठमाडौ. । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उनले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक प्रयास अघि बढाइएको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए।

“पछिल्लो समयमा क्षतिपूर्ति र बीमा रकम नेपाली राजदूतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ”, प्रधानमन्त्रीले भने, “अध्ययन छात्रवृति तथा पेसा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नु परे ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ ।”

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १ : १६ बजे

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा