२२ माघ २०८२, बिहिबार | February 6, 2026

बाँकेमा भेटियो नक्कली औषधी पसल र नक्कली डाक्टर, पसलमा शिल, बिक्रेता पक्राउ



नेपालगन्ज । बाँकेमा नक्कली औषधी पसल फेला परेको छ । जिल्लाको डुडुवा गाउँपालिकाको वडा न. ६ चौधरीपुर्वाबाट एक जना नक्कली औषधि बिक्रेतालाई बाँके प्रशासनले पक्राउ गरि नक्कली औषधि पसल शिल गरेको छ ।

औषधी पसल संचालन गर्ने कुनैपनि कागजाद र अनुमति नलिई लामो समयदेखि औषधी पसल गर्दै आएका विकास लखेरलाई नियन्त्रणमा लिँदै बाँके प्रशासनले लखेरले चलाउँदै आएको औषधी पसललाई शिलबन्दी गरेको जनाएको छ । लखेरसँग औषधि बिक्री गर्ने योग्यताको प्रमाण पत्र नभएको र पसल प्रचलित कानून कहिँकतै दर्ता समेत नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

पोखरेलका अनुसार उक्त पसलमा रहेका ७५ प्रतिशत बढी औषधी म्याद नाघेको फेला परेको छ । कतिपय औषधीमा आफैले कलमबाट म्याद सच्याइएको(ओभरराईड) गरिएको पाइएको प्रजिअ पोखरेलले बताए ।

बरामद भएका केही औषधीहरु नेपालमा प्रतिबन्धित रहेको पनि उनले बताए । प्रतिबन्धित भिगो टृप्पल एक्स , डर्मिकेम जस्ता नेपालमा उपयोग गर्न समेत निषेध गरिएको औषधी सो पसलमा बरामद भएको उनले बताए ।

लखेरले स्थानीयलाई आफु डाक्टर भएको भन्दै बिरामी जाँच्ने र औषधी दिने समेत कार्यसमेत गर्ने गरेको स्थानीयले बताएका छन् ।

औषधी ब्यवस्था बिभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरि नक्कली बिक्रेता लखेरलाई औषधी बिक्री बितरण सम्बन्धी प्रचलित कानून बमोजिम कारवाहि गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ७ : २७ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद