२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

भैरहवामा भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन



भैरहवा। भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ मा सहभागीहरुले नेपाली बस्तुको निर्यातमा भारतमा विभिन्न समस्या र अड्चनहरु सिर्जना हुने गरेको बताएका छन्।

नेपालको अर्थतन्त्रमा ठूलो हिस्सा भारतको भए पनि यहाँ उत्पादित बस्तु भारतमा निर्यात गर्दा उद्योगी व्यवसायीले समस्या व्योहोर्नु परेको बताए।

भैरहवामा भएको तेस्रो भारत–नेपाल आर्थिक साझेदारी शिखरमा बोल्दै सहभागीले दुईपक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले महत्वपूर्ण भूमिका खेल्दै आउने समस्याको समाधान गर्नुपर्ने बताए।

पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको आयोजना नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको संयोजन तथा नेपाल एसबीआई बैंकको सहकार्यमा भएको सम्मेलनमा बोल्दै नेपाल एसविआई बैंकका सल्लाहकार अनुकुल भटनाकरले दुई देशबीच धेरै वर्ष अगाडिबाट व्यपार भइरहेको बताउँदै यहाँ धेरै सम्भावना रहेको जनाए।

पछिल्लो ५ वर्षमा कनेक्टीभिटीमा ठूलो परिवर्तन आएको उनले बताए। नेपालको प्रवेश विन्दुको रुपमा रहेको भैरहवा नाकाबाट सम्बन्ध सुमधुर बनाई दुवै देशको आर्थिक उन्नति हुने उनले बताए।

नेपालका लागि पूर्वभारतीय राजदुत मनजीव सिंह पुरीले भारतको आर्थिक विकास तीव्र रुपले अघि बढाई धेरै परिवर्तन ल्याउनुमा निजि क्षेत्रको ठूलो भुमिका रहेको बताउँदै नेपाली निजी क्षेत्रले पनि भूमिका खेल्नु पर्ने बताए। रोटीवेटीको पुरानो सम्बन्ध जस्तै दुवै देशका निजी क्षेत्रसँगै बसेर छलफलबाट काम गरे नतिजा राम्रो हुने र दुवै देशका नागरिक विकसित हुने उनको भनाइ थियो।

सीमामा दुवै देशको व्यापार सहजीकरणका लागि भएको समस्या समाधानका लागि पहल गर्ने उनले बताए।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : २३ बजे

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

काठमाडौं । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल

कर्तव्यनिष्ट असी जना बुहारी सम्मानित

अर्घाखाँची । अर्घाखाँचीका सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ असी असल बुहारीलाई सम्मान

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न विज्ञानमन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र

कैलालीको गोदावरीमा बगेर दुई महिलाको मृत्यु

कैलाली । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ