३ पुस २०८२, बिहिबार | December 19, 2025

देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरु



देपदह । रुपन्देहीको देवदहमा दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगिता २०८० शुरु भएको छ । देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान र बाङ्लादेशका कराते खेलाडीको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले एतिहासिक, पर्यटकीय नगर देवदहलाई खेल र पर्यटनबाट समृद्धिको दिशामा लैजाने गरि नगरपालिकाले काम गरिरहेको बताए ।

खेललाई मनोरञ्जन र स्वास्थ्य सङ्गै व्यवसायीक ढंगले समेत खेलकुदका गतिविधिहरु संचालन गर्नुपर्नेमा नगर प्रमुख खरेलको जोड दिएका थिए । उनले खेललाई व्यवसायीक बनाउन सकेमात्र आर्थिक बिकास गर्न सकिने बताए । उनले कराते खेल आत्मरक्षाका निम्ति पनि महत्त्वपूर्ण रहेको र यसले मानिसको साररिक रुपमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने बताए ।

सोही अवसरमा बोल्दै मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्य, माओवादी केन्द्रका निर्मल जिसी, नेपाल वादरियो कराँते डो संघका केन्द्रिय अध्यक्ष, प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी लगाएतले बोल्दै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

प्रतियोगितामा करिब ३०० जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक मोहन जिसीले जानकारी दिए ।

नेपाल वादरियो कराँते डो संघका केन्द्रीय अध्यक्ष, प्रमुख प्रशिक्षक तथा नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीको अध्यक्षतामा भएको कार्यक्रम कराते प्रशिक्षक माधवप्रसाद घिमिरेको स्वागत र गणेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : १० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको