१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बसको ठक्करबाट दाङमा साइकल यात्रीको मृत्यु



दाङ । दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बुटवलबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा लमही नगरपालिका–४ निवासी ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको हो।

उनको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। साइकलमा घर फर्कँदै गर्दा लमही नगरपालिका–३ वनगाउँनजिक पौडेललाई बसले ठक्कर दिएको थियो।

घाइते पौडेललाई उपचारको लागि लमही अस्पताल पुर्‍याइएको थियो। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : २८ बजे

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा