३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यन विजयी



भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन-डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को खेलमा लुम्बिनी शाक्यन क्रिकेट क्लब विजयी भएको छ । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले साई ग्लोबल एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरले फराजित गर्दै जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ५७ रनको विशाल लक्षय प्रस्तुत गर्यो । उसका लागि राहत हुसेनले अर्धशतकीय पारी खेल्दै ५९ रन बटुल्दा संदीपसिंह लोधले ४७, अजमत एजाज अलीले २९, अब्दुल रबले २१, विष्णु ठठेरले १९ र बैतुल्लाह खाँनले १२ रन जोड्न सफल भए । लुम्बिनीले अतिरिक्त मात्रै ५६ रन पाएको थियो । बलिङमा साई ग्लोबलका अभिषेक कोहाँरले ९.४ ओभर बलिङ गर्दै ६९ रन खर्चेर ५ वकिेट लिए । यस्तै, मोइन नाउले २ तथा राहुल थापामगर र अलदीप कुँवरले समान १-१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको साई ग्लोबल ३५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदै अलआउट भयो । उसका लागि प्रयाशराज गैरेले ४९, अलदीप कुँवरले ३५, अविजित ज्ञवालीले ३१ र अनुरागविक्रम शाहीले १४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उसलाई तल्लो क्रममा रोक्न बलिङमा लुम्बिनी शाक्यनका अहम्मद हुसेनले १० ओभर बलिङ गर्दै ३७ रन खर्चेर ४ विकेट लिँदा बैतुल्लाह खाँनले ३ तथा आकाश गैरे र एजाज अलीले १-१ विकेट लिए । खेलमा लुम्बिनी शाक्यनका राहत हुसेन म्यान अफ द म्याच भए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेकोसंघका सचिव संजय गुरुङले बताए ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ५ : ०० बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका