१७ माघ २०८२, शनिबार | January 31, 2026

आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



काठमाडौं । आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १-० को जित निकालेपछि पहिलो लिगमा पोर्टो १-० ले विजयी भएको आधारमा नतिजा १-१ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो ।

अतिरिक्त समयमा दुवै क्लबले कुनै गोल नगरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

त्यस्तै बार्सिलोनाले गएराती नै सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा नापोलीलाई ३-१ ले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

योसँगै अहिलेसम्म आर्सनलसहित बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : ३९ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक