१९ असार २०८३, शुक्रबार | July 4, 2026

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा मागिएको विश्वासको मतको समर्थनमा १५७ सांसदले प्रधानमन्त्रीको पक्षमा समर्थन जनाएका छन् । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

विश्वासको मतको पक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत), जनता समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीका सांसदहरु र स्वतन्त्र दुई सांसदले समर्थन जनाएका छन् ।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका ११० सांसदहरुले मतदान गरेका छन् ।

यस्तै एकजना तटस्थ बसेका छन् ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए ।

विश्वासको मतमा मत विभाजन हुनुअघि विभिन्न दलका प्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका विषयमा पक्ष र विपक्षमा भएको बहस सदनको सम्पत्ती भएको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सदनमा भएको बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गरे ।

“सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो,” प्रधानमन्त्री प्रचण्डले भने, “सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।”

राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको बताए ।

सबै मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले ठूलो सङ्घर्षपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि भन्ने आफूले नठानेको बताए । उनले ‘सबै पक्षबाट व्यक्त विचार र भावनालाई सम्मान गर्छु’ भने ।

विश्वासको मतको प्रास्ताव गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशमा देखिएका समस्या समाधान गर्नका लागि विश्वासको मत दिन आग्रह गरेका थिए । सो अवसरमा उनले देशको जनताको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : ४६ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०