९ पुस २०८२, बुधबार | December 24, 2025

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा पोखरेल



बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा महेन्द्र प्रसाद पोखरेल सर्वसम्मत निर्वाचित भएका छन । संघको सम्पन्न १७ औं साधारणसभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा ज्ञान प्रसाद न्यौपाने,प्रथम उपाध्यक्षमा राधा आचार्य भुषाल , द्धितिय उपाध्यक्षमा गोपाल कुमार प्रधान,महासचिवमा दधिराम ज्ञवाली,कोषाध्यक्षमा टीकाराम शर्मा पौडेल, सचिव यमलाल बेल्वासे ,सहसचिवमा कुलचन्द्र गौतम, सह कोषाध्यक्षमा ईश्वर कुमार नेवार श्रेष्ठ चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा लक्ष्मी न्यौपाने, विमला गुप्ता, पुष्पा पोखरेल, राजकुमार श्रेष्ठ ,छबी रास्कोटी, बिष्णु प्र.अधिकारी, हुमनाथ पोखरेल, बुद्दीसागर पान्डे, दिपक काफ्ले ,रमेश ज्ञवाली रहेका छन । २४ सदस्यीय समिति रहेको संघमा बाँकी सदस्यहरुलाई पछि मनोनित गरिने संघका नवनिर्वाचित द्धितिय उपाध्यक्ष गोपाल कुमार प्रधानले जानकारी दिए ।

नव निर्वाचित अध्यक्ष पोखरेलले आफुलाई सर्बसम्मत निर्वाचित गराएर नेतृत्व हस्तान्तरण गरेकोमा सम्पुर्ण संघ परिवारलाई धन्यवाद दिदै खुद्रा किराना व्यवसायीको हकहितमा रहेर काम गर्ने बताए ।

कार्यक्रमको उद्घाटन सत्रमा संघका अध्यक्ष मोहन प्रसाद बस्यालको प्रतिवेदन तथा सचिव दधिराम ज्ञवालीको सचिवको प्रतिबेदन, कोषाध्यक्ष टिकाराम शर्मा पौडेलले कोषाध्यक्षको प्रतिबेदन र लेखा समिती संयोजक बिकास राज पौडेलको लेखा समिती प्रतिबेदन पारित भएको थियो

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ७ : ५५ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका