२९ भदौ २०८३, सोमबार | September 14, 2026

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३२ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु



बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले ३२ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । बुधबार एक समारोहका बिचमा क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले साप्ताहिक कार्यक्रमको शुभारम्भ गरेका हुन ।

सो अवसरमा बोल्दै शर्माले समाजले पत्याएको क्याम्पसका हरेका कार्यक्रम सामाजिक उत्तरदायित्वसंग जोडिने बताउँदै शैक्षिक क्षेत्रको धरोहरका रुपमा सिद्धार्थ क्याम्पसको विकास गर्ने बताए । वार्षिकोत्सवको पहिलो दिन आज महिलामा लगानी ,सभ्य समुन्नत समाजको थालनी भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्राध्यापक रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्राध्यापक तिर्थराज काफ्लेले गरेकी थिइन । १६ जना विद्यार्थी सहभागी प्रतियोगितामा भुवन पन्थी प्रथम, सुजाता पौडेल द्धितिय, पार्वता घिमिरेले तृतिय स्थान हासिल गरेको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले बताए ।

कार्यक्रममा निर्णयकको भूमिकामा उषादेवी रेग्मी, शेषकान्त अर्याल, पुरुषोतम ज्ञवाली रहेका थिए । वार्षिकोत्सव अन्तर्गतका विभिन्न कार्यक्रमको तयारी तिब्र पारिएको अर्का सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले जानकारी दिए ।

क्याम्पसले चैत्र ६ गते बार्षिकोत्सव मूल समारोहको आयोजना गरेको प्राध्यापक ताराप्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ८ : ०३ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा