२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

शहिद यादवनाथ आलोकको स्मृतिमा भोलिदेखी दोस्रो तिलोत्तमा नगरस्तरिय फुटसल प्रतियोगिता हुने



बुटवल । रुपन्देहीको तिलोत्तमा-५ मा शहिद यादवनाथ आलोकको स्मृतिमा दोस्रो तिलोत्तमा नगरस्तरिय फुटसल प्रतियोगिता हुने भएको छ । तरुणदल तिलोत्तमा नगर समितिको आयोजनामा शुक्रबार देखि फुटसल प्रतियोगिता हुने भएको हो ।

आयोजक तरुणदल तिलोत्तमा नगरसमितिले विहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । तरणदल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले शहिद यादवनाथ आलोकको सम्झनामा गर्न लागिएको प्रतियोगितामा तिलोत्तमा १७ वटा टिमको सहभागिता रहने बताए । तिलोत्तमा-५ कफि कम्पनी नजिक रहेको युनिक फुटसल एरिनामा हुने प्रतियोगिताको उद्घाटन सहित यादवनाथ आलोककी श्रीमती सिता न्यौपानले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा विजेताले ३० हजार र उपविजेताले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् । कुल २ लाख ८० हजार खर्च अनुमान गरिएको प्रतियोगिताको समापन शनिबार हुनेछ ।

कार्यक्रममा शहिद यादवनाथ आलोककी छोरी विना न्यौपाने नेपाली कांग्रेस पुर्व पार्टी सभापती रामचन्द्र ढकाल लगाएतले बोल्दै आलोकले समाजमा पुराएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रम सचिव होम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ९ : ०८ बजे

सुनसरी–१ मा श्रम संस्कृतिका हर्कराज राई निर्वाचित

धरान । सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका

काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को

जाँचबुझ आयोगको प्रतिवेदन : गल्ती गर्नेलाई कारबाही सिफारिस

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाबारे

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन