८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

बाबुरामको पार्टी विभाजित, महेन्द्रराय र गंगानारायण माओवादीमा समाहित



काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी बिभाजित भएको छ । सो पार्टीका ‘बरिष्ठ नेता’ महेन्द्रराय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी बिभाजित भएको हो ।

यादवसहित भट्टराइले लामो समय देखी साथ दिदैँ आएका गंगानारायण श्रेष्ठले पनि साथ छाडेका छन् । चैत ३ गते बिहान दुवै पार्टीले एकता गर्ने सहमति गरेका छन् ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरूङ तथा नेसपाका अध्यक्ष महेन्द्रराय यादव, सह अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । ‘बैठकले दुवै पार्टीका बिचमा पार्टी एकता गर्ने सहमति गरेको छ’ बैठक पछि जारी प्रेस नोटमा भनिएको छ, ‘पार्टीको नयाँ नामको सन्दर्भमा आगामी महाधिवेसनमा टुंगो लगाउने निर्णय गरिएको छ ।’

सो पार्टी एकताका लागि बैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । जसअनुसार कार्यदलमा माओवादीका तर्फवाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपावाट सह अध्यक्ष श्रेष्ठ र महासचिव यादव सदस्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  १० : ४४ बजे

रास्वपाले किन गर्यो भैरहवा र पोखराको चुनावी सभा स्थगित !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

गण्डकी । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित

आफ्नो चुनाव चिह्न अङ्कित झन्डा जलाएकामा एमालेको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा

मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ