१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जङ्गली जनावरको आक्रमणबाट पूर्वपश्चिम राजमार्गको ढकेरी खण्डमा एकजनाको मृत्यु



नेपालगन्ज । बाँकेको ढकेरीमा बाघको आक्रमणबाट एक जना बृद्धको ज्यान गएको छ । सल्यान, दार्मा गाउँपालिका वडा नम्बर १ घर भई ढकेरीस्थित आफन्त कहाँ आएका ७१ वर्षिय नगेन्द्रप्रसाद शर्माको बाघको आक्रमणबाट ज्यान गएको हो । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित जंगलमा आइतबार बिहान बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा शर्माको शव फेला परेको बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले जनाएकी छन् ।

शर्माको शव ढकेरी र चप्परगौडीबीचको जंगलमा आइतबार बिहान करिव साढे ५ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक शर्मा ढकेरीस्थित आफन्तको घरबाट शनिबार बेलुका कोहलपुर जान भनि निस्केका थिए ।

शवको प्रकृति हेर्दा वन्यजन्तुले आक्रमण गरेको जस्तो देखिएको भएपनि बाघले नै आक्रमण गरेको भने पुष्टी भइनसकेको प्रहरीको भनाई छ । घटनास्थल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । जङ्गली जनवरको आक्रमण भएको देखिएपनि कुन जनावरको आक्रमण हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

घटनाको निकुन्ज प्रशासन र प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : ५५ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण