१० असार २०८३, बुधबार | June 24, 2026

जङ्गली जनावरको आक्रमणबाट पूर्वपश्चिम राजमार्गको ढकेरी खण्डमा एकजनाको मृत्यु



नेपालगन्ज । बाँकेको ढकेरीमा बाघको आक्रमणबाट एक जना बृद्धको ज्यान गएको छ । सल्यान, दार्मा गाउँपालिका वडा नम्बर १ घर भई ढकेरीस्थित आफन्त कहाँ आएका ७१ वर्षिय नगेन्द्रप्रसाद शर्माको बाघको आक्रमणबाट ज्यान गएको हो । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित जंगलमा आइतबार बिहान बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा शर्माको शव फेला परेको बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले जनाएकी छन् ।

शर्माको शव ढकेरी र चप्परगौडीबीचको जंगलमा आइतबार बिहान करिव साढे ५ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक शर्मा ढकेरीस्थित आफन्तको घरबाट शनिबार बेलुका कोहलपुर जान भनि निस्केका थिए ।

शवको प्रकृति हेर्दा वन्यजन्तुले आक्रमण गरेको जस्तो देखिएको भएपनि बाघले नै आक्रमण गरेको भने पुष्टी भइनसकेको प्रहरीको भनाई छ । घटनास्थल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । जङ्गली जनवरको आक्रमण भएको देखिएपनि कुन जनावरको आक्रमण हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

घटनाको निकुन्ज प्रशासन र प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : ५५ बजे

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै