२४ श्रावण २०८३, आइतबार | August 9, 2026

बाँकेको खजुरामा घरबाटै अढाई वर्षीया नाबालिका बेपत्ता, बाघले लगेको आशंका



खजुरा । बाँकेको खजुरामा घरबाटै एक नाबालिका बेपत्ता भएकी छन् । खजुरा गाउँपालिकाको वडा नम्बर-६ सिमलघारीबाट गएराती ढाई वर्षीया नाबालिका बेपक्ता भएको प्रहरीले जनाएको छ ।

गएराती ९ बजेको समयमा खजुरा ६ सिमलघारी नजिकै रहेको घरबाट अढाई वर्षीया लक्ष्मी पुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

घरको आगनमा खेलिरहेकी नाबालिका एकाएक हराएपछि गाउँमा खैलाबैला भएको थियो । छिमेकीले प्रहरीमा खबर गरेपछि मध्यरातसम्म खोजी गर्दापनि बालिका फेला नपरेको इलाका प्रहरी धनौलीका इन्चार्ज प्रहरी निरक्षक पुर्ण केसीले बताए ।

घर नजिकै रगतको छिर्का सहित घिसारेको घाँसे मैदान देखिएकाले बाघले लगेको अनुमान गरिएको स्थानीयले बताएका छन् । यसअघि पनि गाँउको गोठबाट बाघले बाख्रा लैजाने गरेको बताउँदै स्थानीयले बालिकालाई पनि बाघले लगेको अनुमान गरे ।

वनको कर्मचारीको सहयोग मागेर बिहानैदेखि बालिकाको खोजि गरिन थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ७ : २५ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको