३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आइतबार मन्त्री लामिछानेले गृहसचिव अर्याल, प्रहरी महानिरीक्षक कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख ज्ञवालीलाई मनत्रालयमा बोलाएर आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको गृह स्रोतले उल्लेख गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पनि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १ : २८ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका