६ बैशाख २०८३, आइतबार | April 19, 2026

अमेरिकी अन्तरिक्ष ट्राभल कम्पनीले अन्तरिक्षमा डिनर खुवाउने



न्युयोर्क । अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ । कम्पनीले ६ घण्टाको हाई टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको छ । यस यात्राका लागि ६ जनालाई छनोट गरिनेछ, जसलाई पृथ्वीको वायुमण्डलको ९९ प्रतिशतभन्दा माथिको डिनर दिइनेछ ।

यसका लागि टिकटको मूल्य करिब ४.१० करोड रुपैयाँ हुनेछ । यो ६ घण्टाको यात्रा अर्को वर्ष सुरु हुनेछ । यस यात्राका लागि स्पेस वीआईपी कम्पनीले स्पेस पर्स्पेक्टिभ कम्पनीको स्पेसशिप नेप्च्युन प्रयोग गर्नेछ । यसले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट आफ्नो पहिलो उडान गर्नेछ ।

ब्लुमबर्ग रिपोर्टका अनुसार स्पेस बेलुन समुन्द्र सतहबाट १ लाख फिट उचाइमा पुगे पछि स्पेस बेलुनमा उपस्थित यात्रुले वाइफाइको सुविधा पाउने छन् । यस मार्फत उनीहरूले सामाजिक सञ्जालमा आफ्नो यात्रा प्रत्यक्ष प्रसारण गर्न सक्नेछन् । यस बाहेक उनीहरू आफ्ना साथीभाइ र परिवारसँग पनि जोडिन सक्ने छन् । यात्रुहरूले पृथ्वीको वक्रतामा सूर्योदय हेर्ने मौका पनि पाउने छन् ।

यसबाहेक स्पेस बेलुनमा यात्रुहरूलाई विशेष डिनर पनि दिइनेछ । शेफ रयासमस यसको लागि एक विशेष मेनु तयार गर्दैछन । यो स्पेसको थिममा आधारित हुनेछ । तर, मेनु भने टुंगो लागेको छैन । शेफ रासमस कोपेनहेगनको रेस्टुरेन्ट अल्केमिस्टमा काम गर्छन् । यसले उत्कृष्ट खाना र सुविधाको लागि पछिल्लो ४ वर्षमा दुई पटक मिशेलिन स्टार प्राप्त गरेको छ । यसबाहेक यो रेस्टुरेन्ट विश्वका उत्कृष्ट ५० रेस्टुरेन्टको सूचीमा ५ नम्बरमा आउँछ ।

टिकट महँगो भए पनि घोषणा भएको २४ घण्टाभित्रै यात्राका लागि दर्ता गराउन सर्वसाधारणले चासो देखाइरहेका छन् । यात्राको लागि परीक्षण ड्राइभ अप्रिल २०२४ मा सुरु हुनेछ । सञ्चारमाध्यमका अनुसार यात्राका लागि प्रयोग भइरहेको नेप्च्युन स्पेसशिप रकेट होइन । यसलाई कुनै प्रशिक्षण वा विशेष गियर आवश्यक छैन । यसमा स्पेस बेलुनको सहायताले प्रेसराइज्ड क्याप्सुललाई माथि उठाइन्छ। नासाले यो प्रविधि विकास गरेको हो ।

स्पेस वीआईपी अन्तरिक्षमा भोजन गर्ने मौका दिने पहिलो कम्पनी भने होइन । गत वर्ष फ्रान्सेली कम्पनी गेफाल्टोले घोषणा गरेको थियो कि यसले २०२५ बाट मानिसहरूलाई लगभग १.९ करोड रुपैयाँमा स्ट्र्याटोस्फियरमा बेलुनमा खाना खाने मौका दिनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ४४ बजे

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन्

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा । जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको