७ भदौ २०८३, आइतबार | August 23, 2026

रुपन्देहीलाई आर्थिक तथा सांस्कृतिक राजधानी घोषणा गर्न सांसद घिमिरेको माग



काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देहीलाई आर्थिक तथा सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन । मुलुककैं मध्यभाग, भारतसँगको व्यापारिक नाका, अन्तर्राष्ट्रिय विमानस्थल, लगानीमैत्री वातावरण, बढ्दो आर्थिक क्रियाकलाप, गौतमबुद्धको जन्मस्थल लगायत विकासको पर्याप्त सम्भावना रहेकोले रुपन्देहीलाई आर्थिक तथा सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेको सांसद घिमिरेले बताए ।

सोमबार संसद बैठकको शून्य समयमा बोल्दै रुपन्देही क्षेत्र नं. ५ का सांसद घिमिरेले अव्यवस्थित बसोबासीहरुले लालपूर्जा प्राप्त गर्दा तिर्नुपर्ने राजस्व अत्याधिक बढी भएकोले त्यसलाई आधा घटाउन समेत माग गरे । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भूगोल समेत पर्ने रुपन्देही क्षेत्र नं. ५ विकासको दृष्टिकोणले राज्यबाट सधैं उपेक्षित रहेको बताउँदै सांसद घिमिरेले वर्षौं भैसक्दा पनि लुम्बिनी गुरुयोजना सम्पन्न नभएकोले आगामी आर्थिक वर्षमा यथोचित बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

लुम्बिनीमा पर्यटकको आकर्षण बढाउन क्षेत्र नं. ५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाईको क्षेत्रमा एकीकृत विकासका काम हुनुपर्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटमा रामापुर-लुम्बिनी-कक्रहवा, फायरलाइन-रुद्रपुर-लोण्डिहवा-मंगलपुर-लुम्बिनी-कक्रहवा, लोण्डिहवा-जोगडा-मोगलहवा-मसिना-शिवलहवा-कक्रहवा, बाँसगढी-लौसा-कञ्चन, पच्चिस बगिया-लोण्डिहवा, सूर्यपुरा-मजदिया, रामापुर-लौधापानी लगायत महत्वपूर्ण सडकहरुको स्तरोन्नती, पुलहरुको निर्माणको साथैं कञ्चन सिंचाई, दानापुर र गैडहवा तालमा पर्यटन पूर्वाधार निर्माणका लागि यथोचित बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : २२ बजे

सीमा सुरक्षा सुदृढ गर्न नेपाल-भारतबीच विशेष सूचना आदानप्रदान टोली गठन गर्ने सहमति

जनकपुरधाम । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : उपमहासचिव बाहेक चिरन्जिवी ओली प्यानल सहित विजयी

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट चिरन्जिवी

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको