२ पुस २०८२, बुधबार | December 17, 2025

नर्स हत्या प्रकरण : हत्यामा संलग्न भनिएका युवा मृत फेला



मोरङ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् । दासको हत्या गरेको आरोप लागेका सिरहाको लहान नगरपालिका-२१ का २३ वर्षीय शिवशङ्कर दास विराटनगर महानगरपालिका-४ स्थित होटल फाइन एण्ड लजमा आइतबार राति मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सो होटलमा खानतलासी गर्दा शिवशङ्कर झुण्डिएको अवस्थामा फेला परेका थिए । चन्द्रिकाकुमारीको हत्यामा संलग्न रहेका शिवशङ्कर गत फागुन २६ गते मलेलियाबाट नेपाल फर्केका थिए ।

सिरहाको धनगढी नगरपालिका-६ फुल्काहापट्टी घर भएकी चन्द्रिकाकुमारीको विराटनगर-४ बुढाथोकी मार्गको एउटा घरमा गत शुक्रबार हत्या गरिएको थियो । उनको शव परीक्षणपछि परिवारलाई बुझाइएको प्रवक्ता दाहालले बताए । चन्द्रिकाकुमारी र शिवशङ्करबीच प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : ०३ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व