१६ बैशाख २०८१, आइतबार | April 28, 2024

पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु



वीरगन्ज । पर्साको ठोरी गाउँपालिका-४ मालीबस्तीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट ठोरी गाँउपालिका वडा नम्बर ४ मालीबस्तीकी ४० बर्षिया कलावती सुबेदीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला सोमबार साँझ ५ बजेतिर जंगलबाट आएको बाघले आक्रमण गर्दा सुबेदीको मृत्यु भएको हो।

आक्रमण गर्ने बाघ भने जंगलतिर भागेको स्थानीयले बताएका छन्। मृतक महिलाको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए।

एक महिनाभित्रै पर्सामा बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि पटेर्वा सुगौली गाँउपालिकामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको थियो।

पर्साको ठोरी,पटेर्वासुगौली र सखुवा प्रसौनी गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि बाघले आतंक मच्चाउँदै आएको छ। आतंक मच्चाउने दुई बाघमध्ये भाले पाटे बाघलाई गत बिहीबार मात्रै तीन वटा हात्तीको मदतमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त प्राविधिक टोलीले सखुवा प्रसौनी गाँउपालिका स्थित उँखुबारीबाट डाट हानेर नियन्त्रणमा लिएको थियो। पोथी बाघलाई नियन्त्रणमा लिन भने उक्त टोली असफल भएको थियो।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ५७ बजे

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई