७ भदौ २०८३, आइतबार | August 23, 2026

पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु



वीरगन्ज । पर्साको ठोरी गाउँपालिका-४ मालीबस्तीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट ठोरी गाँउपालिका वडा नम्बर ४ मालीबस्तीकी ४० बर्षिया कलावती सुबेदीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला सोमबार साँझ ५ बजेतिर जंगलबाट आएको बाघले आक्रमण गर्दा सुबेदीको मृत्यु भएको हो।

आक्रमण गर्ने बाघ भने जंगलतिर भागेको स्थानीयले बताएका छन्। मृतक महिलाको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए।

एक महिनाभित्रै पर्सामा बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि पटेर्वा सुगौली गाँउपालिकामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको थियो।

पर्साको ठोरी,पटेर्वासुगौली र सखुवा प्रसौनी गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि बाघले आतंक मच्चाउँदै आएको छ। आतंक मच्चाउने दुई बाघमध्ये भाले पाटे बाघलाई गत बिहीबार मात्रै तीन वटा हात्तीको मदतमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त प्राविधिक टोलीले सखुवा प्रसौनी गाँउपालिका स्थित उँखुबारीबाट डाट हानेर नियन्त्रणमा लिएको थियो। पोथी बाघलाई नियन्त्रणमा लिन भने उक्त टोली असफल भएको थियो।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : ५७ बजे

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

काठमाडौं । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय

सीमा सुरक्षा सुदृढ गर्न नेपाल-भारतबीच विशेष सूचना आदानप्रदान टोली गठन गर्ने सहमति

जनकपुरधाम । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : उपमहासचिव बाहेक चिरन्जिवी ओली प्यानल सहित विजयी

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट चिरन्जिवी