६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नैतिकताको कुरा गर्न नसुहाउने कांग्रेसले चारैवर्ष संसद् अवरुद्ध गरोस् : गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दललाई चारवर्ष संसद् अवरुद्ध गरे पनि आफूहरूको संयन्त्रले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन् ।

सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछाने मुछिएकाले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको कांग्रेसले अन्यथा संसद अवरुद्ध हुने चेतावनी दिएपछि गृहमन्त्री लामिछानेको सो भनाइ सार्वजनिक भएको हो ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गर्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो ।

यसपछि सोही बैठकमा सहभागी भएर बाहिरिने क्रममा उपप्रधान तथा गृहमन्त्री लामिछानेले कांग्रेसलाई चारवर्ष संसद अवरुद्ध गर्न व्यंग्य गरेका हुन् ।

अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने भन्दै उनले भने, ‘देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन ।’

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ४ : २८ बजे

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य