३ आश्विन २०८३, शनिबार | September 19, 2026

रौतहटमा बिजुलीको ट्रान्सफार्मर चोरी



रौतहट । रौतहटमा बिजुलीको ट्रान्समिटर नै चोरी भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको बाल्चनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको हो ।

५० केभीए पावरको उक्त ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेका हुन् । ट्रान्समिटरको बोक्रा मात्र रहेको र भित्रको गुदी चोरहरुले चोरेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए । सोमबार  साँझसम्म सही सलामत रहेको बिजुलीको ट्रान्समिटर मङ्गलबार बिहान हेर्दा खोक्रो मात्र रहेको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको अध्यक्ष साहले जानकारी दिए ।

बिजुलीको ट्रान्समिटरको भित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ ।

रौतहट जिल्लामा यसभन्दा अघि पनि बिजुलीको ट्रान्समिटर चोरीका घटनाहरू देखा परेको भएपनि ट्रान्समिटरको तामाचोरीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । बिजुलीको ट्रान्समिटरमा रहेको तामा महँगोमा बिक्री हुने भएका कारण चोरहरुले एकान्त स्थानमा रहेका बिजुलीका ट्रान्सफर्मरहरू निकाली त्यसभित्र रहेको तामा झिकी बिक्री वितरण गर्ने गरेको बालचनपुरका स्थानीय बासिन्दा अर्जुन चौधरीको भनाई रहेको छ ।

 

 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ७ : ३४ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज