३ आश्विन २०८३, शनिबार | September 19, 2026

बाघको आक्रमणबाट निजगढमा एकजना घाइते



बारा। पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट मंगलबार निजगढ नगरपालिका एकजना घाइते भएका छन् । बाघको आक्रमणबाट मंगलबार दिउसो निजगढ नगरपालिका-११ रतनपुरकी ४० वर्षीया दिल कुमारी पुलामी मगर घाइते भएकी हुन् ।

निजगढ नगरपालिका-११ स्थित तपोभूमि सामुदायिक वनमा चौपाया चराउन गएकी मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते दिलकुमारीले बताइन् ।

बाघको आक्रमणबाट जंगलमा लडेकी उनलाई सँगै चौपाया चराउन गएका भोगबहादुर मुक्तान र अर्का साथीले बचाउन सफल भए । तर, तीनवटा बाख्रा भने बाघले मारेको छ ।

बाघको आक्रमणमा परीकी मगरको छाती र पिठ्युँमा पन्जाको दाग छ । उनको पिठ्युँमा टाका समेत लगाइएको छ भने अवस्था सामान्य रहेको निजगढ नगरपालिका-९ स्थित निजगढ सामुदायिक अस्पतालका डाक्टर मुन्ना कुमार साहले जानकारी दिए ।

यसैबीच निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले घाइते दिलकुमारीको स्वास्थ्य अवस्था बुझ्न निजगढ सामुदायिक अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १ : ४८ बजे

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत