२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

जनताले अनुभूति गर्नेगरी काम हुनेछ : उपप्रधानमन्त्री महासेठ



नेपालगन्ज । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनताले अनुभूति गर्नेगरी काम गरिने बताएका छन् । नेपालगञ्जमा आज आयोजित मन्त्रालय मातहतका विभिन्न कार्यालयको वार्षिक गोष्ठीमा उनले तोकिएको समयमा काम सम्पन्न गर्ने र निर्माण कार्यमा अटेर गर्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्न निर्देशन दिए ।

कानुनविपरीतको कामलाई जोसुकैबाट प्रस्ताव आए पनि अस्वीकार गर्न आग्रह गर्दै उपप्रधानमन्त्री महासेठले विभिन्न आयोजनामा भइरहेका ढिलासुस्तीप्रति सरकार गम्भीर रहेको र अब त्यस्तो ढिलासुस्ती नहुने बताए ।

“सरकारले आर्थिक विकासलाई प्राथमिकतामा राखेकाले निर्माण कार्यमा ढिलाइ नहोस् भन्ने चाहेको छ”, उपप्रधानमन्त्री महासेठले भने, “आर्थिक विकास र समृद्धिका लागि केही व्यक्ति धनी हुँदैमा देशको समग्र विकास हुँदैन । त्यसैले आर्थिक विकासमा सबैको योगदान आवश्यक छ ।”

लुम्बिनीको प्यूठान, दाङ, बाँके र कर्णाली तथा सुदूरपश्चिम प्रदेशस्थित मन्त्रालय मातहतका विभिन्न आयोजना र कार्यालयका प्रमुखको सहभागिता रहेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री महासेठले निर्धक्कसँग काम गर्न कर्मचारीलाई आग्रह गरे ।

कार्यक्रममा सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सडक मर्मतसम्भारको बजेटको योजना तयारी र हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यसैबीच उपप्रधानमन्त्री महासेठसँग बाँकेमा अधेरै रहेका सडकको निर्माण थाल्न नेकपा (एमाले) बाँकेले माग गरेको छ । बाँकेको खजुरामा करिब दुई किलोमिटर लामो चार लेन सडक ६ वर्षमा पनि निर्माण पूरा नभएको र परस्पुर–गौघाट सडकखण्डको समयावधि सम्पन्न हुने अवस्थामा निर्माणको काम सुस्त रहेकाले उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १० : ०४ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित