२६ माघ २०८२, सोमबार | February 10, 2026

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते



नवलपरासी । मध्यविन्दु नगरपालिका-११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।मध्यविन्दु-११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका-११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका मध्यविन्दु-११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । मध्यविन्दु नगरपालिका-११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियोभने दुईजना घाइते भएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ८ : १५ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी