२७ भदौ २०८३, शनिबार | September 12, 2026

रूपन्देही सुपरलिग : गोलपार्क ४ विकेटले विजयी



भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । गोलपार्कले सैनामैना क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जित हात पारेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सैनामैनाले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २ सय ६ रन बनाए । उसका लागि मनिष क्षेत्रीले ५३ रन बनाउँदा सुजन क्षेत्रीले २९, गणेश गौतमले २४, प्रदीप सुवेदीले २३, गोपाल शर्माले अविजित २१, गणेश गौतमले १८ र आरिफ खाँनले १४ रन जोडे । बलिङमा गोलपार्कका आषिश लोहनीले ४, अमन घिमिरे र नवजीवन क्षेत्रीले समान २-२ तथा प्रदीप भण्डारीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोलपार्कले ४० ओभर १ बलमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा ७० बलको सामना गरेको ईश्वर क्षेत्रीले ९३ रन बनाए । यस्तै, संदीप बानियाँले २८, आषिश लोहनीले १६, अमन घिमिरेले १४ र युवराज सुवेदीले नटआउट १० रनको योगदान दिए । बलिङमा सैनामैनाका सुनिल पौडेलले २ तथा गणेश गौतम, प्रदीप सुवेदी र आरिफ खाँनले समान १-१ विकेट लिए । खेलमा गोलपार्कका ईश्वर क्षेत्री प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ६ : २४ बजे

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं