१९ असार २०८३, शुक्रबार | July 3, 2026

रूपन्देही सुपरलिग : प्रोफेसनल मास्टर्स दुई रनले विजयी



भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा प्रोफेसनल मास्टर्स-११ विजयी भएको छ । उसले स्टार क्रिकेट क्लबलाई २ रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रोफेसनलले निर्धारित ५० ओभरमा ३७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५७ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि मोहम्मद हुसेनले सर्वाधिक ७७ रन जोड्दा अमनकुमार यादवले २१, आदित्य त्रिपाठीले १६ र इमरान खाँनले १३ रन बनाए । बलिङमा स्टारका सुभम पाण्डेयले ४ तथा सुभम खनाल र पुरुषोत्तम भट्टराईले समान ३-३ विकेट लिए ।

मध्यमस्तरको लक्ष्य पछ्याउँदै ब्याटिङमा आएको स्टार क्रिकेट क्लब ४६ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५५ रनमा अलआउट भयो । अन्तिम विकेट सम्हालेर खेल्ने नसक्दा जितको नजिक पुगेको स्टार २ रनले पराजित हुन पुग्यो । उसका लागि रिश्चल भुसालले अर्धशतकीय पारी खेल्दै अविजित ७९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै, इरफान खाँनले ३१ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा प्रोफेसनलका मिथलेश यादव र अजय त्रिपाठीले ३-३, मोहम्मद हुसेनले २ तथा अमनकुमार यादव र तुसार चौहानले समान १-१ विकेट लिए । प्रोफेसनलका मोहम्मद हुसेन प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : ०७ बजे

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई