५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

रूपन्देही सुपरलिग : देवदहको ९ विकेटको सानदार जित



भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा देवदह क्रिकेट क्लबले सानदार जित निकालेको छ । उसले शंकरनगर क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै सहज जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको शंकरनगर निर्धारित ५० ओभरको खेलमा २० ओभर २ बल खेल्दै सबै विकेट गुमाउँदै जम्मा ६० रनको झिनो योगफल बनायो । उसका लागि केशव पौडेलले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा टीम सस्तैमा रोकियो । उसलाई झिनो योगफलमा रोक्न देवदहका सुरज खड्काले ६ ओभर बलिङ गर्दै ३ मेर्डन राखेर २० रन खर्ची ६ विकेट हात पार्न सफल भए । यस्तै, ६.२ ओभर बलिङ गरेको अर्जुन रायमाझीले २१ रन खर्चेर ४ विकेट लिए ।

जवाफमा शंकरनगरले १० ओभर १ बलमा १ विकेट गुमाउँदै ६१ रन बनाई सानदार जित निकाल्न सफल भयो । उसको जितमा सुमन पाण्डेले अर्धशतकीय पारी खेल्दै अविजित ५२ रन बनाए । बलिङमा शंकरनगरका रुपेश बश्यालले १ विकेट लिए । खेलमा देवदहका सुरज खड्का म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : २९ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन