२७ भदौ २०८३, शनिबार | September 12, 2026

रूपन्देही सुपरलिग : देवदहको ९ विकेटको सानदार जित



भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा देवदह क्रिकेट क्लबले सानदार जित निकालेको छ । उसले शंकरनगर क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै सहज जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको शंकरनगर निर्धारित ५० ओभरको खेलमा २० ओभर २ बल खेल्दै सबै विकेट गुमाउँदै जम्मा ६० रनको झिनो योगफल बनायो । उसका लागि केशव पौडेलले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा टीम सस्तैमा रोकियो । उसलाई झिनो योगफलमा रोक्न देवदहका सुरज खड्काले ६ ओभर बलिङ गर्दै ३ मेर्डन राखेर २० रन खर्ची ६ विकेट हात पार्न सफल भए । यस्तै, ६.२ ओभर बलिङ गरेको अर्जुन रायमाझीले २१ रन खर्चेर ४ विकेट लिए ।

जवाफमा शंकरनगरले १० ओभर १ बलमा १ विकेट गुमाउँदै ६१ रन बनाई सानदार जित निकाल्न सफल भयो । उसको जितमा सुमन पाण्डेले अर्धशतकीय पारी खेल्दै अविजित ५२ रन बनाए । बलिङमा शंकरनगरका रुपेश बश्यालले १ विकेट लिए । खेलमा देवदहका सुरज खड्का म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : २९ बजे

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक