१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एकाबिहानै बुटवलका मेयर छाडा चौपाया धपाउन सडकमा



बुटवल । बुटवल उपमहानगरलाई नै असुरक्षित बनाएको छाडा चौपायाको व्यवस्थापनमा बुटवल उपमहानगरले सक्रियता देखाएको छ । उपमहानगर प्रमुख खेलराज पाण्डेय आफै आजबाट छाडा चौपाया धपाउन सडकमा उत्रिएका छन् । उपमहानगरको दलबल सहित सडकमा उत्रिएका नगरप्रमुख पाण्डेयले अभियानकै रुपमा बुटवलका सडकमा देखिएका गाईबस्तुलाई गौशाला पुर्‍याउने घोषणा समेत गरेका छन् ।

बुटवलको चुनौतीका रुपमा रहेको छाडा चौपाया (गाइ र गोरु) व्यवस्थापनको अभियानमा मेयरलाई उपमहानगरकी उपप्रमुख साबित्रादेबी अर्याल, नगर कार्यपालिकाका सदस्यहरु, नगरप्रहरी सहित सेना, प्रहरी र बुटवलका स्थानीयबासीले साथ दिएका छन् ।

बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयका अनुसार चैत्र मसान्तसम्म हरेक बिहान छाडा चौपाया खेद्ने अभियान नियमित रुपमा चल्ने छ । मेयर सहितको टोलिले गोलपार्क, लक्ष्मीनगर चोक, नेपालगञ्ज रोड, दुर्गामन्दिर, भुड्कीचोक, सिद्धेश्वर मैदान, मिलनचोक, नयाँ बसपार्क, कालिका चोक र योगीकुटी चोक लगायतका क्षेत्रमा अभियान नै संचालन गरेर गाईगोरु धपाउने तालिका बनेको उपमहानगरले जनाएको छ । सडकबाट धपाइएका छाडा चौपाया शिवनगर स्थित गौशालामा राखिने भएको छ । नगर प्रमुख पाण्डेयले पहिलो दिन करीब ४ सय गाई गोरु गौशालामा राखिएको र दैनिक रुपमा अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाउने बताए।

उनले सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पुर्‍याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न आग्रह गरे। उनले सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रुपमा सञ्चालन गरेको बताए।

समस्या र उपमहानगरको पदाधिकारीको आलोचनाको विषय बनेको छाडा चौपाया नियन्त्रण गर्ने योजनालाई नगरबासीले प्रशंसा गरेका छन् । व्यवसायी तथा लनटेनिस खेलाडी गोपाल ज्ञवालीले नगरप्रमुखको नयाँ अभियानको प्रशंसा गरे । उनले सडकमा भएको गाईबस्तु धपाउनु सँगसँगै अन्य स्थानबाट बुटवलमा प्रवेश गर्ने छाडा चौपाया रोक्न पनि अभियान चाल्नु पर्ने सुझाव दिए । सिमा जोडिएका नगरपालिकाहरुसँग समन्वय गरेर मात्र दिगोरुपमा छाडा चौपायाको व्यवस्थापन हुने उनले बताए ।

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्शयक्ष नवराज श्रेष्ठले नगरप्रमुखको अभियान सकारात्मक भएको टिप्पणी गरे । उनले अभियानको थालनी भएपनि त्यसलाई दिर्घकालीन बनाउन सक्नुपर्ने बताए । गौशालामा पठाउनेसँगै पर्याप्त हेरालुहरु राख्नुपर्ने, गाइबस्तुको आहाराको व्यवस्थापन गर्नु पर्ने र एकदिनमात्र नभएर लगातार अभियान चाल्नु पर्ने चुनौती रहेको औंल्याए । गाईबस्तुबाट बैकल्पिक आम्दानीको स्रोतहरु खोजि गरि गाईबस्तुको दिर्घकालीन व्यवस्थापन गर्न सकिने उनको सुझाव छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ११ : ५० बजे

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको