३१ बैशाख २०८१, सोमबार | May 13, 2024

नेपाल औषधि व्यवसायी संघ लुम्बिनीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन रुपन्देहीमा शुरु



बुटवल । नेपाल औषधि व्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन रुपन्देहीमा शुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच औषधि ब्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले उद्घाटन गर्दै मानव जिवनसंग जोडिएको विषय औषधि भएको हुदा यो महत्वपुर्ण विषयका रुपमा लिएर नियगमनलाई प्राथमिकता दिईने गरेको बताए ।

केवल रेगुलेसन गरेर गुणस्तर नबढ्ने तर्क गर्दै यो एउटा प्रक्रियाको रुपमा रहेको बताए । असल अभ्यासको कमी उत्पादन कम्पनी, बिक्रीवितरण गर्नेसम्म रहेको भन्दै अनुगमन गर्ने क्षेत्रमा मात्र गुनासो गर्नुगलत भएको उनले बताए । नेपालको औषधी संरचनामा निजि क्षेत्रको योगदान छ । ब्यवसायमा रहेका बिकृतिलाई ब्यवसायीहरु सुधारको आवश्यकता महसुस गर्नु सकारात्मक भएको उनले बताए । जिपिपि, जिएसपिपिको तालिम गर्ने गम्भिर विषय भएको बताए ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालले देशको आवश्यकता र माग अनुसार नीति निर्माण गर्न जरुरी रहेको बताए । सरकार बिमाको रकम रोक्ने काम गर्दा यसको प्रत्येक रुपमा आम नागरिकमा पर्न हुदा यसविषयमा गम्भीर हुनुपर्ने उनले बताए । जिल्ला शाखाहरुको कार्यसम्पादनका आधारमा उत्कृष्टता घोषणा जस्ता कामलाई अन्य जिल्लाबाट अनुसरण गर्नुपर्ने सुझाव दिए ।

नेपाल परिसर संघका पुर्व केन्द्रीय अध्यक्ष तथा औषधी उत्पादक हरिभक्त शर्माले युवा विदेश पलायनको वर्तमान अवस्थालाई रोक्न जरुरी रहेको उनले बताए । सम्मानित नागरिक बन्नका लागि कम रेगुलसन जरुरी रहने भन्दै उनले सरकार अघि बढ्न जरुरी रहेको उनले बताए । बजारमा अस्वस्थ्य प्रतिस्पर्धाको कारण वर्तमान कठिन अवस्था आएको भन्दै उनले राष्ट्रिय स्वाभिमान नभएको र नागरिकलाई रोजगार दिन नसक्ने देशका रुपमा पहिचान बनाउदै गएको दुखेसो गरे ।

कार्यक्रममा नेपाल परिसर संघका प्रदेश अध्यक्ष एजाज आलमले धेरै क्षेत्रमा विकृति रहेको भन्दै यसको सुधारमा सरकारको ध्यान जानुपर्ने बताए । कार्यक्रममा रुपन्देही शाखाका निवर्तमान अध्यक्ष सुरज भट्टराईले भौगोलिक बनावटका हिसाबबाट पनि कठिन लुम्बिनी प्रदेशमा संघबाट भएको कार्य उत्कृष्ट रहेको बताए । संघबाट अघि बढाएको ब्यवसायिक सहायक तालिमसंगै एलोपेथिक र आयुर्वेदिक एकै स्थानबाट बिक्रि रोक्नु मुख्य आजको आवश्यकता रहेको बताए । ब्यवसायिक एकतालाई सधै जोड दिएर अघि बढ्नुपर्ने सुझाव दिए ।

केन्द्रीय पुर्वअध्यक्ष बाबुराम भट्टराईले औषधी ब्यवसायीहरुको आवश्यकता अनुसार सरकारको उत्पादनको नीति लिनुपर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष शिव ज्ञवालीले वर्षभरि ब्यवसायिक हितमा र सामाजिक क्षेत्रमा गरेको कामको बारेमा जानकारी गराए ।
कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय सचिव कृष्ण रोकाया, नेपाल च्याम्बर अफ कर्मश लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल, संघका विशेष सल्लाहकार डा.रोहितराज क्षेत्री, संघका सल्लाहकार शेर बहादुर थापा, पुर्वअध्यक्ष निर्मलध्वज श्रेष्ठ, संघका महासचिव लुकराज न्यौपानेले ब्यवसायीहरुलाई एकतावद्ध गर्दै ब्यवसायिक हितमा संघको महत्वपूर्ण योगदान दिएको बताए ।

यसैगरि कार्यक्रममा प्रदेशबाट यसवर्ष उत्कृष्ट कार्यसम्पादन गरेका जिल्लाहरु क्रमश गुल्मी जिल्ला तेस्रो, दाङ जिल्ला दोस्रो तथा रुपन्देही जिल्ला प्रथम भएकोमा सम्मान गरिएको थियो तथा जग्गादाताहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ४ : ५४ बजे

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक

एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र

स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसित चिनियाँ लगानीकर्ताले