२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

प्रहरीलाई घुस दिन खोज्ने मुसलमान पक्राउ, खैरो हिरोईन सहित ३ जना प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले प्रहरीलाई लोभ देखाएर घुस दिन खोज्ने एकजनालाई पक्राउ गरेको छ । रुपन्देहीको भैरहवाबाट प्रहरीलाई अनुचित प्रभाव पार्न खोजेको आरोपमा भारतीय नागरिक सोनु मुसलमानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आज मध्यान्ह भन्सार छलेर भैरहवाको गल्लामण्डी पुर्‍याइएको अबैध कुखुरा नियन्त्रण गर्ने क्रममा मुसलमानले प्रहरी टोलीलाई अनुचित प्रभावमा पार्ने प्रयास गरेका थिए । भारतबाट लुकाई छिपाई बोइलर कुखुराहरु नेपाल तर्फ ल्याईरहेको भन्ने गोप्य सूचना अनुसार गल्लामण्डी पुगेको प्रहरी टोलीलाई मुसलमानले चेकजाँच गर्न नदिई घुस रकमको प्रलोभन देखाएको प्रहरीले जनाएको छ । प्रहरीलाई अनुचित प्रभाव पार्ने प्रयास गरेका भारतको महाराजगंज थाना सुनौली फरेनाका ४५ वर्षिय सोनु मुसलमानलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए ।

घटना सम्बन्धमा पक्राउ परेका मुसलमानलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अभद्र व्यवहार मुद्धामा म्यादथप गराई मुसलमानमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीले आजै ७५ ग्राम बढी ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ३ रामनगरमा लागु औषध खैरो हिरोईनको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त प्रहरी टोलीले ७५ ग्राम ४१० मिलीग्राम खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोहिणी गाउँपालिका ३ का १९ वर्षिय अनरजित यादव, १९ वर्षिय आशिष धोवी र सिद्धार्थनगरपालिका १ का २९ वर्षिय सहदेव हरिजन रहेका छन् । उनीहरुबाट प्रहरीले उनीहरुले प्रयोग गर्ने मोटरसाईकल र ३ थान मोबाईल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत रुपन्देहीमा पेश गरि ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ९ : १९ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा