७ श्रावण २०८३, बिहिबार | July 23, 2026

प्रहरीलाई घुस दिन खोज्ने मुसलमान पक्राउ, खैरो हिरोईन सहित ३ जना प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले प्रहरीलाई लोभ देखाएर घुस दिन खोज्ने एकजनालाई पक्राउ गरेको छ । रुपन्देहीको भैरहवाबाट प्रहरीलाई अनुचित प्रभाव पार्न खोजेको आरोपमा भारतीय नागरिक सोनु मुसलमानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आज मध्यान्ह भन्सार छलेर भैरहवाको गल्लामण्डी पुर्‍याइएको अबैध कुखुरा नियन्त्रण गर्ने क्रममा मुसलमानले प्रहरी टोलीलाई अनुचित प्रभावमा पार्ने प्रयास गरेका थिए । भारतबाट लुकाई छिपाई बोइलर कुखुराहरु नेपाल तर्फ ल्याईरहेको भन्ने गोप्य सूचना अनुसार गल्लामण्डी पुगेको प्रहरी टोलीलाई मुसलमानले चेकजाँच गर्न नदिई घुस रकमको प्रलोभन देखाएको प्रहरीले जनाएको छ । प्रहरीलाई अनुचित प्रभाव पार्ने प्रयास गरेका भारतको महाराजगंज थाना सुनौली फरेनाका ४५ वर्षिय सोनु मुसलमानलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए ।

घटना सम्बन्धमा पक्राउ परेका मुसलमानलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अभद्र व्यवहार मुद्धामा म्यादथप गराई मुसलमानमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीले आजै ७५ ग्राम बढी ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ३ रामनगरमा लागु औषध खैरो हिरोईनको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त प्रहरी टोलीले ७५ ग्राम ४१० मिलीग्राम खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोहिणी गाउँपालिका ३ का १९ वर्षिय अनरजित यादव, १९ वर्षिय आशिष धोवी र सिद्धार्थनगरपालिका १ का २९ वर्षिय सहदेव हरिजन रहेका छन् । उनीहरुबाट प्रहरीले उनीहरुले प्रयोग गर्ने मोटरसाईकल र ३ थान मोबाईल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत रुपन्देहीमा पेश गरि ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ९ : १९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क