९ श्रावण २०८३, शनिबार | July 25, 2026

केजरीवालको पक्राउमा अन्ना हजारेको टिप्पणी, ‘कर्मको फल



नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर राजनीति तिब्र बनेको छ । भाजपाले केजरीवाल र उनको पार्टीलाई आक्रमण गरिरहेको बेला आम आदमी पार्टीले भाजपामाथि षड्यन्त्र रचेको आरोप लगाएको छ ।

यसैबीच केजरीवालका गुरु अन्ना हजारेले पनि उनको गिरफ्तारीबारे बयान दिएका छन् । आफनो बयानमा केजरीवालका गुरु भनिने अन्ना हजारेले केजरीवालले आफ्नो कर्मको सजाय भोगिरहेको बताएका छन् । मदिरा नीतिका कारण यो सबै भएको अन्नाले बताएका छन् । ‘केजरीवालले मसँगै मदिराको विरुद्धमा आवाज उठाउनुहुन्थ्यो तर अहिले मदिरामा नीति बनाइरहेका छन,’ उनले भने ।

अन्नाले आफ्नो गाउँ रालेगन सिद्धिबाट जारी गरेको विज्ञप्तिमा केजरीवालजस्ता व्यक्तिले आफुसँग काम गरेकोमा दुःख लागेको बताएका छन् । केजरीवालले आफ्नो कर्मको फल पाइरहेको अन्नाले बताए । अन्नाले भने,  ‘मैले भन्नु केही छैन, अब जे हुन्छ त्यो सरकारले नै गर्नुपर्छ ।’

अन्नाले मदिरा नीतिबारे केजरीवाललाई दुईपटक चिठ्ठी समेत लेखेको तर उनले मेरो कुरा सुनेनन् । अन्नाले मेरो कुरा नसुनेको परिणाम आज केजरीवाल पक्राउ परेको उनको भनाइ छ । उनले भने, ‘जब मनिष सिसोदिया र केजरीवाल मसँग काम गर्नुहुन्थ्यो, मैले सधैँ जनताको कल्याण हाम्रो काम हो भन्ने भनेको थिएँ तर आज दुवैले मेरो कुरा सुनेनन् ।’

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : ५२ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को