८ पुस २०८२, मंगलबार | December 23, 2025

केजरीवालको पक्राउमा अन्ना हजारेको टिप्पणी, ‘कर्मको फल



नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर राजनीति तिब्र बनेको छ । भाजपाले केजरीवाल र उनको पार्टीलाई आक्रमण गरिरहेको बेला आम आदमी पार्टीले भाजपामाथि षड्यन्त्र रचेको आरोप लगाएको छ ।

यसैबीच केजरीवालका गुरु अन्ना हजारेले पनि उनको गिरफ्तारीबारे बयान दिएका छन् । आफनो बयानमा केजरीवालका गुरु भनिने अन्ना हजारेले केजरीवालले आफ्नो कर्मको सजाय भोगिरहेको बताएका छन् । मदिरा नीतिका कारण यो सबै भएको अन्नाले बताएका छन् । ‘केजरीवालले मसँगै मदिराको विरुद्धमा आवाज उठाउनुहुन्थ्यो तर अहिले मदिरामा नीति बनाइरहेका छन,’ उनले भने ।

अन्नाले आफ्नो गाउँ रालेगन सिद्धिबाट जारी गरेको विज्ञप्तिमा केजरीवालजस्ता व्यक्तिले आफुसँग काम गरेकोमा दुःख लागेको बताएका छन् । केजरीवालले आफ्नो कर्मको फल पाइरहेको अन्नाले बताए । अन्नाले भने,  ‘मैले भन्नु केही छैन, अब जे हुन्छ त्यो सरकारले नै गर्नुपर्छ ।’

अन्नाले मदिरा नीतिबारे केजरीवाललाई दुईपटक चिठ्ठी समेत लेखेको तर उनले मेरो कुरा सुनेनन् । अन्नाले मेरो कुरा नसुनेको परिणाम आज केजरीवाल पक्राउ परेको उनको भनाइ छ । उनले भने, ‘जब मनिष सिसोदिया र केजरीवाल मसँग काम गर्नुहुन्थ्यो, मैले सधैँ जनताको कल्याण हाम्रो काम हो भन्ने भनेको थिएँ तर आज दुवैले मेरो कुरा सुनेनन् ।’

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : ५२ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको