२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी सप्ताह



काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ग्लोबल मनी सप्ताह-२०२४ लाई माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने मुल नाराकासाथ मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ग्लोबल मनि सप्ताह-२०२४ अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेर मनी सप्ताह मनाएको हो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेज, क्लवहरुसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनी सप्ताह-२०२४ भव्य रुपमा मनाएको हो ।

सो अवधिमा बैंकले बैंकिङ्ग सम्बन्धि आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरुले प्रदान गरिरहेका डिजिटल सेवाहरु, डिजिटल सेवाहरुको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाहगर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोटनीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।

ग्लोबल मनी सप्ताह सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ । सोही अनुरुप युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पु¥याउने मद्दत गर्ने विश्वासका साथ बैंकले हरेक वर्ष ग्लोबल मनी सप्ताह मनाउदै आएको छ । माछापुच्छ्रे बैंक लि. ले आम ग्राहकवर्गलाई लक्षितगर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेकोछ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : २८ बजे

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले

पाकिस्तानी दूतावासले मनायो ८०औँ स्वतन्त्रता दिवस, नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा