३० बैशाख २०८१, आइतबार | May 12, 2024

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो ।

विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दूई दशमलव ११ र जलविद्युत् समूह एक दशमलव ५८ प्रतिशतले बढेको छ ।

डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु ९ करोड ३१ लाख ३९ हजार ७० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३४ हजार छ सय २४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ३ : ३७ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को